You are viewing the translated version of रोक्का, नियन्त्रण र जफतको विवरण पठाउनु पर्ने.

Section 47
रोक्का, नियन्त्रण र जफतको विवरण पठाउनु पर्ने
(१). अनुसन्धान अधिकारीले रोक्का वा नियन्त्रणमा लिएको वा जफत - गरेको सम्पत्ति वा साधनको विवरण त्यस्तो रोक्का वा नियन्त्रणमा लिएको वा जफत गरेको मितिले सात कार्यदिनभित्र कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउनु पर्नेछ।

(२) अनुसन्धान अधिकारीले अनुसन्धानको सिलसिलामा नियन्त्रण वा जफत गरेको सम्पत्ति वा साधनको प्रचलित कानून बमोजिमको विवरण, र त्यसरी नियन्त्रण वा जफत गरेको सम्पत्ति वा साधन कसूरजन्य सम्पत्ति तथा साधन

(रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० बमोजिमको निकायमा पठाउनु पर्नेछ।